News क्रसबार फुटसल भदौ पहिलो साता
गोलनेपाल

काठमाडौं । उपत्यकामा मनाईने ऐतिहासिक गाईजात्राको अवसर पारी क्रसबारको आयोजनामा आउँदो भदौ ९ गतेका दिन गाईजात्रा विशेष क्रसबार फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

किर्तिपुर स्थित इलिट फुटसलमा हुने प्रतियोगितामा सहभागिताका लागि भदौ ६ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments