News नेपालले म्यानमारसँग खेल्ने तय
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको प्रारम्भिक छनौटतर्फ पहिलो चरणको खेल खेल्ने तयारीमा रहेका नेपाल र म्यानमारले आउँदो सेप्टेम्बर ८ र ११ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएका छन् ।

यो कुराको पुष्टी म्यानमार फुटबल फेडरेशनले पनि आधिकारिक रुपमा गरेको छ । फिफा विन्डो अन्तरगत हुने यी दुवै खेल म्यानमारको राजधानी यांगोन स्थित थुवन्ना स्टेडियममा हुनेछ । फिफा वरियतातर्फ म्यानमार हाल १६०औं स्थानमा छ भने नेपाल १७५औंं स्थानमा रहेको छ ।

नेपाल र म्यानमार अन्तिमपटक भारतमा सम्पनन सन् २००८ को एएफसी च्यालेञ्ज कपमा भिडेका थिए । त्यतिबेला म्यानमारले नेपाललाई शून्यका विरुद्ध ३ गोलले पराजित गरेको थियो ।

स्मरण रहोस, फफा विश्वकप र एएफसी एसियन कपको प्रारम्भिक छनौटतर्फ पहिलो चरणको खेलमा म्यानमारले मकाउसँग र नेपालले लाओससँग खेल्ने तय भईसकेको छ । जुन खेल १२ र १७ अक्टुबरका दिन दुई लेगमा हुनेछन् । दुवै लेगमा अग्रता हासिल गर्ने टोली छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

Post Comments
Advertisement Yamaha Nepal