News
प्रथम रुद्र कप यु–१८ फुटबल प्रतियोगिता हुने
काठमाडौं । युवा खेलाडीहरुलाई लक्षित गरी आउँदो भदौ १ गतेका दिन प्रथम रुद्र कप यु–१८ फुटबल प्रतियोगिता हुने भएको छ । एक दिने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि साउन ३२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ ।
कुपण्डोल, ललितपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन