News प्रथम रुद्र कप यु–१८ फुटबल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । युवा खेलाडीहरुलाई लक्षित गरी आउँदो भदौ १ गतेका दिन प्रथम रुद्र कप यु–१८ फुटबल प्रतियोगिता हुने भएको छ । एक दिने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि साउन ३२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ ।

कुपण्डोल, ललितपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments