
हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको यु–१९ खुला छनौट कार्यक्रम अन्तरगत अन्तिम चरणका लागि छनौट कार्यक्रममा सहभागि हुने मकवानपुर जिल्लाका खेलाडीहरुलाई विदाई गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि मकवानपुरबाट अन्तिम चरणका लागि छनौट भएका १३ जना यु–१९ खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति, मकवानपुरले विदाई गरेको हो । सो अवसरमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप फुटबल बुट र मोजा पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा युवा खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, बागमती प्रदेश फुटबल संघका महासचिव लोभराज ठकुरी लगायतले शुभकामनासहित विदाई गरे । स्मरण रहोस, यु–१९ को अन्तिम छनौट कार्यक्रम यही साउन २८ गते आइतबारदेखि एन्फा कम्प्लेक्समा शुरु हुँदैछ ।
आउँदो सेप्टेम्बर २१ देखि ३० तारीखसम्म नेपाल मै आयोजना हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपतर्फ पाकिस्तान र माल्दिभ्ससँगै नेपाल समूह ए मा परेको छ । त्यस्तै समूह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा