News चौथो ग्रेस इन्टरनेशनल ताल बाराही कप शुरु
गोलनेपाल

काठमाडौं । फेवा फुटबल क्लब, अष्ट्रेलियाको आयोजनामा आइतबारदेखि प्रतिष्ठित चौथो ग्रेस इन्टरनेशनल ताल बाराही कप खुला तथा भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ । अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली टोलीहरुबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको खुलातर्फको विजेताले उपाधिसहित नगद ५ हजार डलर हात पार्नेछ भने उपविजेताले २ हजार डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै ३५ वर्ष माथि उमेर समूहको भेट्रानतर्फ विजेताले १५ सय डलर हात पार्नेछ भने उपविजेताले ८ सय डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको खुलातर्फ २० तथा भेट्रानतर्फ ९ टोलीहरुको सहभागिता रहेको पनि आयोजकले जनाएको छ ।

Post Comments