News अकल्याण्डमा जम्दै खुकुरी
गोलनेपाल

काठमाडौं । न्युजिल्याण्डको अकल्याण्डमा रहेका आप्रवासी नेपालीहरुद्वारा स्थापित खुकुरी फुटबल क्लबले अकल्याण्डको फुटबलमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।

हाल अकल्याण्ड स्टेट फुटबल एसोसिएशन सन्डे लिगमा प्रतिस्पर्धा गरिरहेको खुकुरीले प्रतियोगितामा राम्रो प्रदर्शनलाई पनि निरन्तरता दिईरहेको छ । आइतबार लिग अन्तरगत खुकुरीले युनिभर्सिटी अफ अकल्याण्ड विरुद्ध रोमाञ्चक २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

सो खेल हेर्न खुकुरीका खेलाडीहरुको परिवार, शुभेच्छुक र समर्थकहरुको पनि बाक्लो उपस्थिति थियो । सोही अवसरमा नेपाली फुटबलमा आफ्नो विशेष र फरक पहिचान बनाउन सफल गोलनेपाल डटकमका प्रमुख कार्यकारी (सिइओ) बिक्रम थापा र एक्सेस एजुकेशन नेपालका निर्देशक पुष्पराज पौडेलले पनि विशेष अतिथीका रुपमा उपस्थिति जनाएका थिए ।

स्मरण रहोस, सन् २००६ मा स्थापित खुकुरी फुटबल क्लबले विभिन्न उमेर समूहका बाल खेलाडीहरुलाई फुटबल प्रशिक्षण दिने, फुटबल प्रतियोगितामा सहभागिता जनाउने र विविध सामाजिक कार्यहरुमा पनि आफूलाई सक्रिय राख्दै आएको छ ।

Post Comments