News
प्रथम कलैया भेट्रान कप भदौ तेस्रो सातादेखि

कलैया । सहयोगी फुटबल क्लब, कलैया, बाराको आयोजनामा आउँदो भदौ २३ गतेदेखि प्रथम कलैया भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कलैया स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । र, टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- प्रथम डुमरवाना भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)
- राष्ट्रिय यु–१९ खेलाडी समिर गृहजिल्लामा सम्मानित
- फ्रिडम फाइटर भेट्रान क्लबलाई तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी
- तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेल हुने, पर्सा र कास्की भिड्दै
- तेस्रो सिमरा भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)