News प्रथम भुजुङ एमेच्योर फुटसल हुने
गोलनेपाल

पोखरा । ‘भुजुङ पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने नाराका साथ आउँदो भदौ २२ र २३ गतेका दिन प्रथम भुजुङ एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । बिवाईवाईसी पोखराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि भईरहेको आयोजकले जानकारी दियो ।

रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments