News प्रथम इलेभेन स्टार च्यालेञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

त्रियुगा । इलेभेन स्टार फुटबल क्लब, उदयपुरको आयोजनामा यही भदौ १ गतेदेखि शुरु हुन गईरहेको प्रथम इलेभेन स्टार च्यालेञ्ज कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पूर्व खेलाडी स्व. डि.बी. राई सहित अन्य स्वर्गीय खेलाडीहरु सन्तोश थापा, दिपेश मगर, प्रकास रोक्का र दिपेन पौडेलको स्मृतिमा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

त्रियुगा नगरपालिका–१० करमगाछी स्थित आयोजक क्लबको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब र सगरमाथा फुटबल क्लब भिड्ने खेलतालिकामा उल्लेख छ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ १६ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments