News राष्ट्रिय फुटसल टोलीका लागि खुला छनौट हुने
गोलनेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसका लागि राष्ट्रिय फुटसल टोली तयार पार्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनौट कार्यक्रमको आयोजना गर्ने भएको छ ।

भदौ १० देखि १५ गतेसम्म चन्द्रागिरी स्थित मत्स्य रिक्रिएशन सेन्टरमा हुने छनौट कार्यक्रममा सहभागिताका लागि एन्फाले आफू मातहतका प्रदेश र जिल्ला फुटबल संघसँगै ए, बी र सी डिभिजन क्लबहरुलाई अनुरोध समेत गरेको छ ।

छनौट कार्यक्रममा सहभागि हुँदा एन्फाले तोकेको फर्म भरि पासपोर्ट वा नागरिकता अनिवार्य लिई उपस्थित हुन सम्बन्धित खेलाडीहरुलाई जानकारी समेत गराएको छ । साथै छनौट कार्यक्रमका लागि भर्नुपर्ने फर्म एन्फाको आधिकारिक वेबसाईटबाट डाउनलोड पनि गर्न सकिनेछ ।

स्मरण रहोस, आउँदो असोज २० देखि २४ गतेसम्म मंगोलियामा हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले आयोजक मंगोलियासँग भियतनाम र दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

फर्म डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोस्ः

https://drive.google.com/file/d/17YnMa_02Qs28HIlLE56eEcjsC3gAcTwY/view?fbclid=IwAR2CgxgULpVgExbE5IGo5xaj3FnO500tAULs8JwkLLkS8QNTbK16luBUC_o

 

छनौट कार्यक्रमका लागि एन्फाले जारी गरेको पत्रः

Post Comments