News मनिषको टोली रायोङको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । थाई लिग टु मा व्यस्त नेपालका स्टार मिडफिल्डर मनिष डाँगीको टोली रायोङ फुटबल क्लबले लिगको नयाँ सिजनमा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको सिजनको दोस्रो खेलमा रायोङले क्राबी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । रायोङका लागि दोस्रो हाफको ६८औं मिनटमा ब्राजिलियन फरवार्ड टायगो चुलापाले एक मात्र निर्णायक गोल गरे ।

टोलीको पहिलो रोजाई मै रहेर खेलेका मनिषले पूरा समय खेले । यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको रायोङ दोस्रो स्थानमा उक्लेको छ र लिगलिडर नाखोन राचसँग अंक बराबरी गर्न सफल भएको छ । रायोङले आफ्नो आगामी खेल २७ अगस्त आइतबारका दिन एसान पतायासँग खेल्नेछ ।

Post Comments