News प्रथम ताप्लेजुङ् गोल्डकप भदौ दोस्रो सातादेखि
गोलनेपाल

प्रथम ताप्लेजुङ् गोल्डकप फुटबल प्रतियोगिता भाद्र १४ गतेदेखि ताप्लेजुङमा सुरु हुँदैछ। 

भदौ २० गतेसम्म चल्ने प्रतियोगिता ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तरास्ट्रिय गरी ८ टोलीहरुको सहभागिता रहने ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

खेल हेर्ने दर्शकका लागि करिब १० हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने छ। मैदानको उत्तारतर्फको भागमा सिमेन्टको स्थायी प्याराफिट छ। १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने आयोजनाले जनाएको छ।

ताप्लेजुङ् फूटबल संघका अध्यछ अशोक चेम्जोङ प्रतियोगिताको लागि खुशी देखिन्छन।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। प्रतियोगिता सम्पन्न गर्न करिब ४१ लाख खर्च हुने आयोजकका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

 
Post Comments
Advertisement Yamaha Nepal