News वैवाहित बन्धनमा बाँधिए राष्ट्रिय फरवार्ड बिमल
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तथा मच्छिन्द्र फुटबल क्लबका चर्चित फरवार्ड बिमल घर्ती मगर वैवाहिक बन्धन बाँधिएका छन् । बिमलले आइतबार प्रेमिका लिना प्रधानसँगको आफ्नो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणतका गरेका हुन् ।

बिमल र लिना पछिल्लो केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । वैवाहिक कार्यक्रममा बिमल र लिनाका निकट आफन्तहरुको मात्र उपस्थिति रहेको बताइएको छ । भर्खरै कोलकातामा सम्पन्न मोहन बगान विरुद्धको एएफसी कपको छनौट खेलेर फर्किए लगतै बिमलले लिनासँग लगनगाँठो कसेका हुन् ।

लिना हाल रोजगारीका लागि युएईमा कार्यरित छिन् । बिमल भने घरेलु फुटबलमा मच्छिन्द्र कै लागि व्यस्त छन् । साथै आउँदो बहुप्रतिक्षित नेपाल सुपर लिगको संस्करणमा ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडीका रुपमा पनि अनुवन्धित भईसकेका छन् ।

 

Post Comments