News
राष्ट्रिय टोलीको व्यवस्थापकमा उत्तम राज भण्डारी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा उत्तम राज भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई सोमबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव अरुणमान जोशीले नियुक्तपत्र हस्तान्तरण गरे ।
स्मरण होस, नेपालले यही भदौ १९ र २५ गते (सेप्टेम्बर ५ र ११ तारीख) का दिन म्यानमारसँग उसकै घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यसपछि अक्टुबरमा फिफा विश्वकप र एएफसी एसियन कप छनौटको पहिलो चरणतर्फ लाओससँग खेल्ने कार्यक्रम तय भईसकेको छ ।
नेपाली टोली हाल त्यसकै तयारीमा पनि छ । टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अलबर्टो एनिस रहेका छन् । यद्यपि नेपालको फाइनल स्क्वाड घोषणा गर्न भने बाँकी छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)