News साबित्राको टोली क्वाटरफाइनलबाटै नकआउट
गोलनेपाल

काठमाडौं । इजरायलमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली हापोएल रा’नाना जारी एथेना कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सोमबार भएको प्रतियोगिताको क्वाटरफाइनलतर्फ साबित्राको टोली रा’नानाले हापोएल काटामान जेरुसेलमसँग श्रन्यका विरुद्ध ६ गोलको फराकिलो हार बेहोरेको हो । यो हारसँगै साबित्राको टोली क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

त्यसअघि साबित्राले प्रतियोगिताको दोस्रो चरणतर्फ मकाबी हदेरा विरुद्ध क्लबका लागि डेब्यु गर्दै टोलीलाई २–० को जित दिलाउन अहम भूमिका खेलेकी थिईन् । त्यो खेलमा साबित्राले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर समेत मिलाइदिएकी थिईन् ।

Post Comments