News प्रथम युएई तीज कप हुने
गोलनेपाल

काठमाडौं । रोयल अबुधाबी फुटबल क्लब, युएईको आयोजनामा आउँदो सेप्टेम्बर १६ तारीख शनिबारका दिन युएईमा रहेका प्रवासी नेपालीहरुबीच प्रथम युएई तीज कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

अबुधाबी सिटी मै हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि सेप्टेम्बर १४ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ११०० दिराद तोकिएको पनि आयोजकले जनाएको छ ।

टाईशिट ड्र भने सेप्टेम्बर १५ तारीखका दिन निकालिनेछ । त्यसैगरी कार्ड डिपोजिट बावत १०० दिराम बुझाउनु पर्नेछ । प्रतियोगिता अवधिभर पहेंलो कार्डको ३० दिराम तथा रातो कार्डको ५० दिराम जरिवाना तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५,३३३ दिराम हात पार्नेछ भने उपविजेताले ३,३३३ दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments