News कारिकोट, नवयुवा र युनिटीको जित
सुरज राना मगर

बुटवल । कारिकोट स्पोर्टस क्लब, नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार एवम् यनिटी फुटबल क्लबले जारी मदन भण्डारी कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

बुटवल–७ स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा भएको पहिलो खेलमा कारीकोटले रानीगंज युवा क्लबलाई १–० ले हरायो । कारीकोटको जितमा आनन्द रानाले गोल गरे । निर्णायक गोलकर्ता राना नै खेलको म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा नवयुवाले ब्रदर्श एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । नवयुवाका लागि बिशाल सुनारले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे । नवयुवाका सुनार नै खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको अन्तिम खेलमा युनिटीले बुटवल मिडटाउन क्लबलाई समान १–० ले हरायो । युनिटीका लागि केशव दर्लामीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता दर्लामी नै खेलको म्यान अफ द म्याच बने ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका अध्यक्ष गौरव क्षेत्रीले बताए । फाइनल खेल यही भदौ १६ गतेका दिन हुनेछ ।

Post Comments