News
यु–२० गोलरक्षक इश्वर पनि विदेश प्रस्थान
काठमाडौं । गत वर्ष भारतमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभावान गोलरक्षक इश्वर गुरुङ पनि विदेशिएका छन् । निकट स्रोतका अनुसार गुरुङ सुनिश्चित भविष्यका लागि बेलायत प्रस्थान गरेका हुन् ।
पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको विदेश पलायन हुने सूचीमा इश्वरको नाम मात्र थपिएको हो । सम्भवत उनी उच्च शिक्षा कै लागि बेलायत प्रस्थान गरे तापनि उनको अबको योजना सुनिश्चित भविष्य बनाउने नै हुनेछ ।
इश्वरले गत सिजन ए डिभिजन लिगमा जावलाखेल युथ क्लबका लागि खेलेका थिए । घरेलु फुटबलमा कलिलो उमेर मै उदाउँदा गोलरक्षक बन्ने तरखरमा रहेका इश्वरको विदेश पलायनले पनि नेपाली फुटबलको खराब भविष्य थप उदाङ्गो बनेको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान