News साबित्राको टोली सेमिफाइनलमा निराश
गोलनेपाल

काठमाडौं । इजरायलमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली हापोएल रा’नाना जारी एथेना कपको सेमिफाइनलमा पराजित भएको छ ।

बिहीबार अबेर राती सम्पन्न सेमिफाइनल भिडन्तमा साबित्राको टोली हापोएलले किरयात गतसँग शून्यका विरुद्ध ३ गोलको हार बेहोरेको हो । टोलीको पहिलो रोजाई मै रहेर खेलेकी साबित्राको प्रदर्शन भने औषत रह्यो ।

हापोएलको अबको योजना घरेलु लिगमा हुनेछ । घरेलु लिगतर्फ हापोएलले आफ्नो पहिलो खेलमा रामात हासारोन विरुद्ध खेल्ने कार्यक्रम छ ।

 

Post Comments