News नव कान्ति भैरव कप खुला फुटसल हुने
गोलनेपाल

काठमाडौं । श्री नव कान्ति भैरव डाँछी युवा क्लब र नयाँगाउँ युथ क्लब काठमाडौंको संयुक्त आयोजनामा यही भदौ २३ गतेका दिन नव कान्ति भैरव कप फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

जोरपाटी स्थित ड्रिम फुटसलमा हुने प्रतियोगितामा इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments