News द युनियन कप हुने
गोलनेपाल

मनहरी । द युनियन फुटबल क्लब, मनहरी–७, मकवानपुरको आयोजनामा यही भदौ २० गतेदेखि द युनियन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

रमौली स्थित मदन भण्डारी रंगशालामा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

विस्तृत जानकारीका लागि पत्र हेर्नुहोसः

Post Comments