News सातौं समर कप हुने
गोलनेपाल

काठमाडौं । जापानमा रहेका प्रवासी नेपालीहरुबीच वार्षिक रुपमा आयोजना हुँदै आएको समर कप फुटसल प्रतियोगिताको सातौं संस्करण आउँदो नोभेम्बर ९ तारीख शनिबारका दिन हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ ।

फुकुओका शहरमा हुने प्रतियोगिताको यही अगस्त ३१ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क भने ४४,४४४ जापानी येन तोकिएको छ । जसमा जसमा खेलाडीहरुको बिमा पनि सामेल गरिएको छ । प्रतियोगिताको खेलतालिका भने ४ सेप्टेम्बरका दिन सार्वजनिक गरिने आयोजकले जानकारी दियो ।

खुकुरी एफसीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,११,१११ जापानी येन हात पार्नेछ भने उपविजेताले २,११,१११ जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments