फुङलिङ । ऐतिहासिक लाखेजात्राको अवसर पारी वार्षिक रुपमा आयोजना हुँदै आएको पाथीभरा गोल्डकप यसपटक ताप्लेजुङ गोल्डकपका रुपमा यही भदौ १४ गतेदेखि आयोजना हुने तय भएसँगै प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको छ ।
लाखेजात्रा तथा ताप्लेजुङ गोल्डकप आयोजक समितिका अध्यक्ष देवराज गुरुङले आयोजना स्थल भानु माविको खेलमैदान मर्मत, अस्थायी प्यारापिट लगायतका भौतिक तथा अन्य सबै कार्यहरु सम्पन्न गर्ने गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।
वि.सं. २०२९ सालदेखि कञ्चनजंघा च्यालेञ्ज रनिङ कपका रुपमा आयोजना हुँदै आएको प्रतियोगिता त्यसपछि पाथीभरा गोल्डकपको रुपमा आयोजना भईरहेको थियो । पछिल्लो केही वर्ष कोरोना महामारीका कारण प्रतियोगिता हुन नसकेपछि यस वर्ष ताप्लेजुङ गोल्डकपका रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगरमा गोलनेपाल डटकम पनि रहेको छ । साथै प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि