News ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

फुङलिङ । लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङको आयोजनामा यही भदौ १४ गतेदेखि शुरु हुन गईरहेको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

श्री भानु माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भदौ १४ गतेका दिन मनभरा स्र्पोटिङ क्लब, ताप्लेजुङ र जुट विकास फुटबल एकेडेमी, इटहरी, सुनसरी भिड्ने छन् । नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।

फुङलिङ नगरपालिका, ताप्लेजुङ र गोर्खा ब्रुहरी प्रा.लि., काठमाडौंको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments