News युनाइटेड स्टारलाई टाईगर कपको उपाधि
गोलनेपाल

काठमाडौं । युएईमा सम्पन्न दोस्रो टाईगर कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि युनाइटेड स्टार क्लबले जितेको छ । दुबई इन्भेष्टमेण्ट पार्क १ स्थित याला स्पोर्टस मैदानमा भएको फाइनल भिडन्तमा युनाइटेडले नव बुद्ध एफसीलाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । विजेता बनेको युनाइटेड स्टारले उपाधिसहित नगद २५०० दिराम हात पार्यो भने उपविजेता नव बुद्धले १५०० दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायोे ।

टाईगर क्लब, दुबईको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिजय तामाङ बने । उत्कृष्ट गोलरक्षक गोरी मगर चुनिए । प्रतियोगिताको फेयर प्ले टिम भने नेपाल स्पोर्टस एण्ड सोसल ग्रुप बन्यो ।

 

Post Comments