News नेपालद्वारा इन्डोनेशिया पराजित
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल टिम कतार जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बिहीबार इन्डोनेशियालाई १–२ ले हराएको नेपाल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अल अरबी स्पोर्टस क्लबमा भएको खेलमा नेपाली टोलीका लागि रोकश सापकोटा र सयन्षु भुषालले गरे । नेपालले आफूले खेलेको चार खेलमै अपराजित रहँदै कुल १३ अंक जोड्यो । नेपालले दक्षिण कोरिया, फिलिपिन्स र बंगलादेशलाई पनि हराएको थियो भने भारतसँग बराबरी खेलेको थियो ।

समूह ए बाट नेपालसँगै भारत, बंगलादेश र इन्डोनेसिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । भारतको पनि समान १३ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा नेपाल भन्दा भारत अघि रहन सफल भयो ।

Post Comments