News माइभ्याली गोल्डकप सुरु ; गोर्खा ब्वाइज क्लब रुपन्देहीको विजयी सुरुवात
रमेश समदर्शी
इलामको शानको रुपमा रहेको माइभ्याली गोल्डकपको छैटौ संस्करणमा गोर्खा ब्वाइज क्लब रुपन्देहीले विजयी सुरुवात गरेको छ । पहिलो हाफ बराबरी खेलेको रुपन्देही दोस्रो हाफमा हाबी भयो ।

उद्घाटन खेलमा पाहुना टोली भारतको कोहिमा इगल नागाल्यान्डलाई ४–० गोलअन्तरको जीत निकाल्दै रुपन्देहीले इलामे मैदानमा सुखद सुरुवात गरेको हो । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेपछि दुवै टिमले गोल गर्न सकेनन् । दोस्रो हाफमा उत्कृष्ट खेल पस्किएको रुपन्देहीका लागि ४ वटै गोल सम्भव बन्यो ।

२१औँ मिनेटमा विदेशी खेलाडी हजमतले रुपन्देहीका लागि पहिलो गोल गरे । ३२औँ मिनेटमा फोफोना फोडेले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा रुपन्देहीले थप २ गोल ग¥यो । शक्ति राईले इन्जुरी समयमा व्यक्तिगत पहिलो गोल गरेको एक मिनेट नबित्दै दोस्रो गोल थपेपछि रुपन्देही ४–० फराकिलो गोलअन्तरले विजयीहुँदै क्वाटरफाइनल प्रवेश ग¥यो ।

सेमिफाइनल प्रवेश गर्न अब रुपन्देहीले फागुन १९ गते ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । खेलको म्यान अफ दी म्याच विजेता टिमका शक्ति राई घोषित भए ।

भोलि (शुक्रबार) आयोजक माइभ्याली फुटबल क्लबले अर्को पाहुना टोली ग्यान्तोक सिटी सिक्किमको सामना गर्नेछ ।

माइभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Post Comments