News प्रथम सरोज कार्की मेमोरियल फुटसल हुने
गोलनेपाल

काठमाडौं । मेनटेन एफसीको आयोजनामा आउँदो असोज ३ गतेका दिन प्रथम सरोज कार्की मेमोरियल खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

नयाँबजार स्थित रिभर फिल्ड फुटसलमा हुने प्रतियोगिताको यही भदौ ३० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि आयोजकले जनाएको छ ।

माउण्ट हेभन स्पा र प्याराडाइज स्पाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सिमित संख्यामा टोलीहरुलाई सहभागि गराइने पनि आयोजकले जनाएको छ ।

Post Comments