बुटवल । सयपत्री युवा क्लब यहाँ जारी प्रथम मदन भण्डारी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनल खेलतपर्ः सयपत्रीले युनिटी क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा युनिटीका केशव दर्लामी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै आइतबार नै दुई प्रिक्वाटरफाइनल खेलहरु पनि सम्पन्न भए । जस अन्तरगत एमएफसीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई टाईब्रेकरमै २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा एमएफसीका हिमाल कार्की म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी अर्को प्रिक्वाटरफाइनलमा भुल्का फुटबल क्लबले कारीकोट स्र्पोटिङ क्लबलाई टाईब्रेकरमै २–० ले हरायो । त्यो खेल पनि निर्धारित समयतर्फ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलमा भुल्काका गोलरक्षक सागर सुनार म्यान अफ द म्याच घोषित भए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सागर रसाइलीले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने