News प्रथम एजुप्ले इन्टर स्कुल फुटसल हुने
गोलनेपाल

काठमाडौं । एजुप्लेको आयोजनामा यही भदौ ३० र ३१ गतेका दिन प्रथम एजुप्ले इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ८ कक्षासम्म अर्थात १४ वर्ष मुनिका बाल खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक स्कुलहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । एभिएम स्कुल, मानभवन, ललितपुरसँगको सहकार्यमा हुन गईरहेको प्रतियोगितामा विजेता तथा उपविजेता बन्ने टोलीलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

 

Post Comments