News सयपत्री र राजेश स्मृति उपाधिका लागि भिड्ने
सुरज राना मगर

बुटवल । प्रथम मदन भण्डारी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सयपत्री युवा क्लब, बुटवल र राजेश स्मृति फाउण्डेशन, कपिलवस्तु भिड्ने भएका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सयपत्रीले द वाइज क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धातमक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा राजेश स्मृतिले दावेदार मानिएको देवदह ब्वाईजलाई टाईब्रेकर मै ४–३ ले निराश तुल्यायो । त्यसअघि निर्धारित समयको दोस्रो सेमिफाइनल खेल पनि गोलरहित बराबरीमा टुंगिएको थियो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त आयोजक कमिटीका अध्यक्ष गौरव क्षेत्रीले जानकारी दिए ।

Post Comments