News तेस्रो सुकचार च्यालेञ्ज कप भदौ २८ देखि
गोलनेपाल

सुकचर । ‘नव युवाको रंग, खेलकुदमा उत्कृष्ट बुढीगंगा’ भन्ने नारासहित नव युवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा यही भदौ २८ गतेदेखि तेस्रो सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

सुकचर स्थित बुढीगंगा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जस अन्तरगत भदौ २८ गते हुने उद्घाटन खेलमा राजावास युथ क्लब, वराहक्षेत्र, सुनसरी र चुलाचुली एफसी, झापा भिड्ने खेलतालिकामा उल्लेख छ ।

बुढी गंगा गाउँपालिका, मोरङ र बुढीगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज ६ गतेका दिन हुनेछ ।

Post Comments