News दोस्रो चुलाचुली कप शुरु, कालिदहको विजयी शुरुवात
गोलनेपाल

दमक । शुक्रबारदेखि शुरु दोस्रो चुलाचुली कप खुला नकआउट फुटबल प्रतियोगितामा कालिदह फुटबल क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक चुलाचुली फुटबल क्लबलाई हराउँदै कालिदहले विजयी शुरुवात गरेको हो ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको उद्घाटन खेलमा कालिदहले आयोजक चुलाचुलीलाई टाईब्रेकरमा ४–३ ले हरायो । यो जितसँगै कालिदह प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत भदौ २३ गते शनिबारको प्रिक्वाटरफाइनल खेल वाइ.एफसी, पथरी, मोरङ र बि.वाइ.सी., बेलडाँगी, दमकबीच हुने आयोजकले जानकारी दियो ।

चुलाचुली फुटबल क्लब, दमक–३, झापाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज २ गतेका दिन हुनेछ ।

Post Comments