News बसन्त एफसीलाई लेटाङ्ग इन्टर कपको उपाधि
गोलनेपाल

लेटाङ्ग । यहाँ सम्पन्न प्रथम लेटाङ्ग इन्टर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बसन्त फुटबल क्लबले जितेको छ । फाइनलमा बसन्त एफसीले सलल फुटबल क्लबलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा बसन्तले सललमाथि शून्यका विरुद्ध १ गोलको जित निकालेको हो । खेलमा नियन मगरले गरेको एक मात्र गोल बसन्तलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

बाह्रगोठे फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको बसन्त एफसीले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता सललले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Post Comments