News अन्तर वडा फुटसल: वडा नं २६, २८, १३ र १३ विजयी
गोलनेपाल

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बुधबार वडा नं २६, वडा नं २८, वडा नं १३ र वडा नं १२ ले जित हात पारेका छन् ।

काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा वडा नं २६ ले वडा नं ५ लाई १–० ले हरायो । सो खेलमा करण खड्गीले निर्णायक गोल गर्नुभयो । उहाँ नै म्यान अफ दि म्याच हुनुभयो ।

दोस्रो खेलमा वडा नं २८ ले वडा नं २४लाई ४–१ ले पराजित गर्यो । विजयी टिमका लागि उदेश खड्गीले दुई तथा दिपु तण्डुकार र सिसिर वज्राचार्यले एक÷एक गोल गर्नुभयो । वडा नं २४ का लागि सोमन श्रेष्ठले गरेको गोल सान्त्वना मात्र बन्यो ।

तेस्रो खेलमा वडा नं १३ ले वडा नं २१ लाइ २–० ले हरायो । वडा नं १३ का लागि विकेश साही र अभय रानाले गोल गर्नुभयो । विकेश म्यान अफ दि म्याच चुनिनुभयो । दोस्रो दिनको अन्तिम खेलमा वडा नं १२ ले वडा नं १८ लाई ३–० ले निराश बनायो । सो खेलमा कैलाश डंगोल र विजय शाहीले गोल गर्नुभयो ।

बुधबार जित हासिल गर्ने चारै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् । बिहिबार वडा नं ११ र वडा नं २९, वडा नं २ र वडा नं १९, वडा नं ६ र वडा नं १५ तथा वडा नं ३१ र वडा नं ८ बीच खेल हुनेछन् । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ ।

उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

Post Comments