News
तालतलैया फाइनलमा

बेलटार । तालतलैया फुटबल क्लब यहाँ जारी प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
रामप्रसाद राई रंगशालामा भएको पहिलो सेमिफाइनलतर्फ तालतलैयाले न्यु त्रियुगा स्पोर्टस क्लबलाई शून्यका विरु४ २ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा तालतलैयाका उमेश कार्की म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत भदौ २८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक बेलटार एकता युवा क्लब र गाईघाट फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
बेलटार एकता युवा क्लबको आयोजना तथा पारुहाङ एकेडेमी स्कुलको प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही भदौ ३० गतेका दिन हुनेछ ।
Post Comments