News तेस्रो सुकचर च्यालेञ्ज कपमा चुलाचुलीको जित
गोलनेपाल

सुकचर । नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनाम ाशुरु तेस्रो सुकचर च्यालेञ्ज कपमा चुलाचुली फुटबल क्लब, झापाले विजयी शुरुवात गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुढीगंगा खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा चुलाचुलीले राजावास युथ क्लब, बराहक्षेत्र, सुनसरीलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ चुलाचुलीका लागि संजय धिमाल र राजावासका लागि मिखा लिम्बुले गोल गरेका थिए । टाईब्रेकरमा भने चुलाचुली ४–१ ले विजयी बन्यो ।

खेलमा चुलाचुलीका गोलरक्षक कृष्ण क्षेत्री म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत भदौ २९ गते शुक्रबारको दोस्रो प्रिक्वाटरफाइनल खेल पञ्चायन एफसी, रामधनुी र पूर्वाञ्चल युनाइटेड क्लब, सुन्दरहरैचा, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन पूर्व सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गरेका थिए । असोज ६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।

Post Comments