News प्रयागराज सिंह सुवाल स्मृति कप: वडा नं २७, १७, ३२ र ९ को जित
गोलनेपाल

काठमाडौँ । यहाँ जारी प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ ले जित हात पारेका छन् ।

लैनचौर फुटसल मैदानमा काठमाडौँ महानगरपालिकाका वडाहरु बीच भइरहेको प्रतियोगिताको चौथो दिन वडा नं २७ ले वडा नं १ लाई ५–१ ले हरायो । विजयी टिमका लागि सिरज कंसाकारले दुई तथा विज्ञान शाही, रविन्द्र श्रेष्ठ र सलिल श्रेष्ठले एक–एक गोल गर्नुभयो । वडा नं १ का आसिस थापा मगरले एक मात्र सान्त्वना गोल गरे ।

अर्को खेलमा वडा नं १७ ले वडा नं २५ लाई २–० ले पराजित गर्यो । वडा न १७ का लागि सुगन महर्जन र श्रृजन रजकले गोल गरे । अन्य खेलमा वडा नं ९ ले वडा नं २० लाई ७–२ र वडा नं ३२ ले वडा नं ७ लाई २–१ ले हराए । शुक्रबार भएका चार खेलसँगै पहिलो चरण समाप्त भएको छ ।

शनिबार प्रिक्वाटरफाइनल खेलहरु सुरु हुनेछन् । प्रिक्वाटरफाइनलअन्र्गत पहिलो खेलमा वडा नं १२ ले वडा नं ११, वडा नं २८ ले वडा नं १३, वडा न ं८ ले वडा नं २६ र वडा नं २ ले वडा नं १५ सगँ खेल्नेछन् ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

Post Comments