News नेपाली फुटबललाई थाँती राख्दै बिदेशिए एलन
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली तथा च्यासल युथ क्लबका गोलरक्षक एलन न्यौपानेले पनि नेपाली फुटबललाई थाती राख्दै विदेशलाई आफ्नो समुज्वल भविष्यको गन्तव्य बनाएका छन् ।

भर्खरै सम्पन्न ए डिभिजन लिगमा च्यासलका लागि खेलेका एलन शनिबार अष्ट्रेलियातर्फ उडेका छन् । स्मरण रहोस, फिफा विश्वकप छनौटतर्फ अष्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्ध घरमै हुने खेलका लागि एलन पनि नेपाली टोलीको प्रारम्भिक टोलीमा थिए ।

तर उनले देशका लागि खेल्नु भन्दा आफ्नो सुनिश्चित भविष्यका लागि सोच्न बाध्य भए । एलनले नेपाली फुटबलमा राम्रो भविष्य नेदेखेरै विदेशको बाटो रोजेको धेरेको बुझाई छ ।

मकवानपुरबाट प्रकाशित हुने प्रदेश दैनिकमा छापिएको खवरअनुसार एलन नेपालमा एउटा फुटबल खेलाडीका रुपमा रहेर आफ्नो भविष्य बन्नेमा ढुकका थिएनन् । त्यसैले उनले अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाए ।

Post Comments