News रोमाञ्चक जितका साथ पूर्वाञ्चल युनाइटेड क्वाटरफाइनलमा
गोलनेपाल

सुकचर । रोमाञ्चक जित हात पार्दै पूर्वाञ्चल युनाइटेड क्लब, मोरङ यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ पञ्चायन फुटबल क्लब, रामधुनी, सुनसरीलाई २–३ ले हराउँदै पूर्वाञ्चल क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

पूर्वाञ्चलको जितमा सन्देश श्रेष्ठ, सुदिप खड्का र सुजन चौधरीले गोल गरे । उता पराजित पञ्चायनका लागि बुद्धिमान राई र सन्दिप लिम्बुले गोल गरेका थिए ।

खेलमा पूर्वाञ्चलका विवश गुरुङ म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत भदौ ३० गते शनिबारको पहिलो क्वाटरफाइनल खेल मलिथम फुटबल क्लब, उदयपुर र उदय फुटबल क्लब, धरान, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।

Post Comments