News वडा ११, १३, २६ र १५ क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

काठमाडौँ । यहाँ जारी प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडास्तरीय फुटसल प्रतियोगितामा शनिबार वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौर फुटसल मैदानमा काठमाडौँ महानगरपालिकाका वडाहरु बीच भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेलमा वडा नं ११ ले वडा नं १२ लाई ३–२ ले पराजित गर्यो । विजयी टिमका लागि जनक सिलवाल, धनकुमार श्रेष्ठ र विक्रम महर्जनले गोल गरे। वडा नं १२ का लागि दुवै गोल मनोज महर्जनले गरेका थिए । सो खेलमा वडा ११ का रुपेश क्षेत्री म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा वडा नं १३ ले वडा नं २८ लाई ३–१ ले हरायो । वडा नं १३ का लागि अकिंत खड्गी आसिस कपाली र अभय रानाले गोल गरे । वडा २८ का उदेश खड्गीले सान्त्वना गोल गरे ।

तेस्रो खेलमा वडा नं २६ ले वडा नं ८ लाई २–० ले निराश बनायो । सो खेलमा दुवै गोल अनुक मसलले गरे । शनिबार भएको अन्तिम खेलमा वडा नं १५ ले वडा नं २ लाई २–० ले हरायो । वडा १५ का लागि सुरेश परियार र विशाल महर्जनले गोल गरे ।

आइतबार प्रिक्वाटरफाइनलअन्तर्गत वडा नं ९ र वडा नं ४, वडा नं २७ र वडा नं १७, वडा नं २२ र वडा नं ३२ तथा वडा नं २३ र वडा नं १४ बीच खेल हुनेछ ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ ।

Post Comments