News उदय एफसी सेमिफाइनलमा
गोलनेपाल

सुकचर । उदय फुटबल क्लब, धरान, सुनसरी यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुढीगंगा खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलतर्फ उदयले मलिथम फुटबल क्लब, उदयपुरलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । उदयको जितमा मिलन राई र दोर्जे तामाङले गोल गरे । पराजित मलिमका लागि देवराज चौधरीले गोल गरेका थिए ।

खेलमा उदय एफसीका मिलन राई म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत भदौ ३१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल बिराटनगर सिटी फुटबल क्लब, मोरङ र तालतलैया फुटबल एकेडेमी, इटहरी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।

 

Post Comments