News एसियन गेम्सका लागि स्वदेश फर्किन साबित्रा
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एसियन गेम्सका लागि नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी आइतबार इजरायलबाट स्वदेश फर्किएकी छिन् । साबित्रा हाल इजरायली महिला फुटबलको शिर्ष लिगमा हापोएल रा’नानाका लागि व्यवसायीक फुटबल खेलिरहेकी छिन् ।

यद्यपि यही सेप्टेम्बर २३ तारीखदेखि चीनमा हुने एसियन गेम्समा सहभागिता जनाउन साबित्रा स्वदेश फर्किकएकी हुन् । एसियन गेम्सको महिला फुटबलतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले दावेदार जापान, भियतनाम र बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।

महिला फुटबलतर्फ सहभागि कुल १६ टोलीहरुलाई ५ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पुरुष फुटबलतर्फ भने नेपालले सहभागिता जनाएको छैन ।

Post Comments