News गाईघाटलाई दिप्शन मगर स्मृति कपको उपाधि
गोलनेपाल

बेलटार । प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । फाइनलमा तालतलैया फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै गाईघाट च्याम्पियन बनेको हो ।

रामप्रसाद राई रंगशालामा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा गाईघाटले तालतलैयामाथि ४–३ को जित निकाल्दै विजेता बन्न सफल भयो ।

गाईघाटका गोलरक्षक प्रजोल शेर्पा फाइनल खेलको म्यान अफ द म्याच चुनिए । विजेता बनेको गाईघाटले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता तालतलैयाले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी पनि गाईघाट कै प्रजोल शेर्पा चुनिए । उत्कृष्ट डिफेन्डर तालतलैयाका रमेश राजवंशी बन्दा उत्कृष्ट मिडफिल्डर पनि तालतलैया कै उमेश कार्की चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार तालतलैया कै सन्दिप लिम्बुले हात पारे ।

बेलटार एकता युवा क्लब, चौदण्डीगढी नगरपालिका, बेलटार, उदयपुरको आयोजनामा भदौ २३ गतेबाट शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments