News माईभ्याली एफसीमा काफ्लेको नेतृत्व
गोलनेपाल

इलाम । पूर्वेली जिल्ला इलामको चर्चित माईभ्याली फुटबल क्लबले नयाँ नेतृत्व पाएको छ । क्लबको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट दिनेश काफ्लेको अध्यक्षतामा क्लबले १५ सदस्यीय नयाँ नेतृत्व पाएको हो ।

त्यस्तै क्लबको उपाध्यक्षमा विप्लव कोईराला छन् भने महासचिवमा बिनोद श्रेष्ठ रहेका छन् । सचिवमा रजत खड्का तथा कोषाध्यÞक्षमा कमल सुवेदी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, विरेन देवान, छेतेन शेर्पा, आनन्द भक्तराज, पुष्कर बुर्जा, दिपेश श्रेष्ठ, सुकबीर तामाङ, सबिता पाण्डे, सुरेन्द्र राई, सुमन श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

महत्वपूर्ण जिम्मेवारी पाएपछि अध्यक्ष काफ्लेले क्लबको गरिमा बढाउन र फुटबल विकासमा लाग्न आफूले सबैसँग सहकार्य गरी अगाडी बढ्ने बताए ।

स्मरण रहोस, मोफसलको फुटबलमा सक्रिय रहेको माईभ्यालीले वार्षिक रुपमा प्रतिष्ठित माईभ्याली गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।

Post Comments