News दुई बिदेशी खेलाडीलाई एन्फाको कारवाही
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियम उल्लंघन गरेको भन्दै दुई अफ्रिकी खेलाडीहरुलाई कारवाही गरेको छ ।

एन्फाको खेलाडी दर्ता नियमावली र मोफसल प्रतियोगिताको नियम उल्लंघन गरेको भन्दै एन्फाले सरस्वती युथ क्लबका काजिम बुसारी र ब्रीगेड ब्वाईज क्लबका ताजुदिन बुसारीलाई कारवाही गरेको हो । एन्फाले ती दुवै खेलाडीलाई कारवाही स्वरुप २५–२५ हजार नगद जरिवाना गरेको छ ।

स्मरण रहोस, यी दुई खेलाडीले भर्खरै सम्पन्न बागमती गोल्डकपमा च्यासल युथ क्लबबाट खेलेका थिए भने सताक्षी गोल्डकप अन्य क्लबबाट खेलेका थिए । त्यसपछि फेरि उनी राइनो गोल्डकप खेल्न च्यासलमा फर्किएका थिए ।

एन्फाका अनुसार ए डिभिजन क्लबमा आवद्ध भएका खेलाडीहरुको सम्झौता अवधी आगामी २०७७ सालको जेष्ठ महिनासम्म कायम रहने बताएको छ । साथै सम्बन्धित क्लहरुले नेपाली खेलाडीको हकमा बढीमा दुई क्लब तथा बिदेशी खेलाडीको हकमा एक क्लबमा लोनमा पठाउन सक्ने व्यवस्था रहेको पनि एन्फाले जनाएको छ ।

Post Comments