News आर्मी अन्तिम चारमा
गोलनेपाल

इलाम । त्रिभुवन आर्मी क्लब जारी जारी छैटौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार टुंडिखेल स्थित खेलमैदानमा भएको खेलमा आर्मीले संकटा क्लबलाई २–१ ले हरायो । आर्मीको जितमा दुवै गोल सुदिल राईले गरे । उता संकटाका लागि डेडी वाम्बाले एक मात्र गोल गरे ।

खेलको म्यान अफ द म्याच आर्मीका दुई गोलकर्ता सुदिल राई घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन १९ गते सोमबारको खेल लिग विजेता मच्छिन्द्र एफसी र गोर्खा ब्वाईज क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

माइ भ्याली फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments