News पिंक लोटस, पंचायन र सेन्ट जोसेफ क्वाटरफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । पिंक लोटस इङलिस स्कुल, पंचायन विद्या मन्दिर र सेन्ट जोसेफ इङलिस स्कुल यहाँ जारी प्याब्सन एन्फा प्रेसिडैन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनल प्रवेश गर्ने क्रममा पिंक लोटसले मेरील्याण्ड इङलिस स्कुललाई २–१ ले हरायो । पिंक लोटसका लागि दुवै गोल प्रिन्स चौधरीले गरे । उता मेरील्याण्डका लागि नितेश चोङ्गवाङ्गले गोल फर्काएका थिए । खेलमा पिंक लोटसका प्रिन्स चौधरी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै पंचायन विद्या मन्दिरले बराह राईजिङ इङलिस स्कुललाई सडन डेथमा ८–७ को अन्तरले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा पंचायनका अनुप माझी म्यान अफ द म्याच चुनिए ।

त्यसैगरी सेन्ट जोसेफले माउण्ट होरमन एकेडेमीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा सेन्ट जोसेफका गोलरक्षक अर्पण राई म्यान अफ द म्याच बने ।

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा जारी प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान गर्ने टोलीहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र ७ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

Post Comments