News वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा
गोलनेपाल

काठमाडौँ: वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

लैनचौर फुटसल मैदानमा भएको पहिलो क्वाटरफाइनलमा वडा नं १४ ले वडा नं ३२ लाई २–१ ले हरायो । वडा नं १४ का मनिष रानाभाटले दुवै गोल गरे । वडा नं ३२ ले आत्मघातीरुपमा एक गोल प्राप्त गर्यो । वडा नं १४ का सरोज लामिछानेले आत्मघाती गोल गरे। । सो खेलमा प्रकास थापा मगर म्यान अफ दि म्याच भए ।

दोस्रो क्वाटरफाइनलमा वडा नं २६ ले वडा नं १५ लाई २–० ले हरायो विजयी टिमका लागि प्रशान्त नेपाल रजक र करुण खड्गीले गोल गरे । सो खेलमा म्यान अफ दि म्याच वडा नं २६ का कप्तान राजन लाल नेपाली घोषित भए ।

तेस्रो क्वाटरफाइनलमा वडा नं ४ ले वडा नं १७ लाई ७–१ ले सजिलै पराजित गर्यो । वडा नं ४ का विक्रान्त नरसिंह रानाले दुई गोल गरे । अन्य गोल प्रजेश अधिकारी, असिम गुरुङ, सरोज थापा, मयंक गुरुङ र म्रियङ गुरुङले गरे। वडा नं १७ का सगन महर्जनले गरेको गोल सान्त्वना मात्र बन्यो ।

चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं ११ लाई १–० ले हरायो । अभय रानाको गोलले वडा नं १३ विजयी भएको हो । अभय नै म्यान अफ दि म्याच भए।

काठमाडौँ महानगरपालिकाका वडाहरु बीच आयोजना भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सेमिफाइनमला वडा नं ४ ले वडा नं १४ तथा वडा नं २६ ले वडा नं १३ को सामना गर्नेछ । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

Post Comments