News आयोजक नवयुवा सेमिफाइनलमा
गोलनेपाल

सुकचर । आयोजक नवयुवा क्लब, बुढीगंगा, मोरङ यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ नवयुवाले चुलाचुली फुटबल क्लब, झापालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

बुढीगंगा खेलमैदानमा भएको निर्धारित समयतर्फ नवयुवाका लागि रुपेश माझी र मौसम सुब्बाले गोल गरेका थिए भने चुलाचुलीका लागि समिर तामाङ र सनिस लिम्बुले गोल गरेका थिए । टाईब्रेकरमा भने नवयुवाले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा नवयुवाका रुपेश माझी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज २ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल पूर्वाञ्चल युनाइटेड क्लब, सुन्दरहरैचा, मोरङ र कुसुमे साइनिङ क्लब, केराबारी, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।

Post Comments